परिसंघले दियो १ सय थान पीपीई, ७५ हजार मास्क

काठमाडौं, १५ चैत । नेपाल उद्योग परिसंघले सरकारलाई १ सय थान निजी सुरक्षा उपकरण (पीपीई) र ७५ हजार थान मास्क दिएको छ ।
परिसंघ अध्यक्ष सतिशकुमार मोरले सनिबार स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरे ।

परिसंघले विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराएको र निकट भविष्यमै विदेशबाट सामान आयात गरी थप आवश्यक सामग्रीहरु समेत उपलब्ध गराउने मोरले बताए ।

नोवल कोरोनाभाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सरकारलाई सघाउने कार्यलाई निरन्तरता दिंदै परिसंघले सहयोग उपलब्ध गराएको उसको भनाइ छ ।
स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन पनि उसले सबैमा अपिल गरेको छ ।

स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण मित्र राष्ट्रहरुमा संकलन गरी आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भई रहेको परिसंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here