यातायात व्यवसायीले मागे बैंक किस्ता बुझाउने थप समय

काठमाडौं १६, चैत । कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि सवारी चलाउन नपाएको भन्दै यातायात व्यवसायीले बैंकको सावा ब्याज भुक्तानीको म्याद स्थगन गर्न माग गरेका छन् ।

कारोना (कोभिड–१९) भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि सार्वजनिक यातायात बन्द भएकाले बैंकको सावा ब्याज तिर्न नसक्ने भन्दै व्यवसायीले स्थगनको माग गरेका हुन । व्यसायीले आइतबार अर्थसचिव शिशिर ढुङगानालाई भेटेर सो माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

नेपालका यातायात व्यवसायीहरुले लाखौँ रुपैँया बैँक तथा वित्तिय संस्थाबाट ऋण लिएर यातायात सञ्चालन गरेको अवस्था छ । लकडाउनको कारण काम गर्न नपाएपछि व्यवसायीको आयआर्जन रोकिएको उनले बताए ।

सरकारले तत्काल यातायात व्यवसायीको किस्ता स्थगन गर्दै सबै खाले परिस्थितीको अन्त्य नभएसम्म व्याज मिनाहको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछौं,’ उनले भने ।

लकडाउनको समयमा अत्यावश्यक सामाग्री ढुवानी गर्ने कर्मचारी, चालक सहचालकले बाटोका पसल बन्द हुँदा खाना समेत खान नपाएको अवस्था छ । यातायात मजदूर कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्न माग व्यवसायीले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here