रिचार्ज गर्दा बोनस आएन, कसरी लिने रिचार्ज बराबरको बोनस ?

काठमाडौं, १७ चैत । लकडाउन अवस्थालाई मध्यनजर गरी नेपाल टेलिकमले रिचार्जमा शत प्रतिशत बोनसको व्यवस्था गरेको छ।

सो व्यवस्था चैत्र १३ गतेदेखि ७ दिन लागू हुनेछ। तर रिर्चाज बराबरकै बोनस सुविधा शुरु भएपछि मेरोमा आएन भन्दै धेरैले गुनासो गरेको पाइएको छ ।

यस्तो सुविधा लिनको लागि धेरै पटक रिचार्ज गरेर ट्राई गरेको तर नपाएको गुनासो पनि देखिएको छ ।

बोनस सुविधाको लिनको लागि तपाईले निश्चित प्रक्रिया पुर्याउनुपर्ने हुन्छ । त्यसका लागि म्यासेज बक्समा गइ क्यापिटल लेटरमा एफआर टाइप गरी १४१५ मा सेन्ड गर्नुपर्छ ।

तपाईले म्यासेज पठाएको केही सेकेन्ड भित्रै टेलिकमबाट तपाईलाई बोनस आएको म्यासेज आउछ । यसरी तपाईले लकडाउनको बेलामा टेलिकमको यो सेवा लिन सक्नुहुने छ ।

टेलिकमको व्यवस्था अनुसार अधिकतम १ हजारको रिचार्ज गर्दा १ हजार नै बोनस पाइने छ । तर बोनसबाफत प्राप्त रकम बढीमा १० दिनभित्र खपत गर्नु पर्नेछ ।

जस्तो तपाईले १०० को रिचार्ज हाल्दा २०० वा ५० को रिचार्ज हाल्दा एक सय रुपैयाँ हुनुपर्यो तर, यो मोबाइल व्यालेन्समा भने देखिदैन ।

तपाईले कसैलाई कल गर्दा पहिला हालेको रिचार्ज बरावरको रुपैयाँ नकाट्टि बोनस बापतको पैसाँ काटिन्छ ।

प्राय मोबाइल व्यालेन्समै नजोडि आएकाले तपाईहरु अलमलिनु भएको हुनसक्छ । अर्को सेवाप्रदायक एन्सेलमा भने डाइरेक्ट रिर्चाज हाल्दा आधा बोनस आइहाल्छ भने टेलिकमको प्रक्रिया अर्कै छ ।

यसरी लिनुस् रिचार्ज बराबरको बोनस

सुरुमा तपाईले १०० अथवा ५० को रिचार्ज कार्ड आफ्नो मोबाइलमा हाल्नुपर्ने हुन्छ । सो रिचार्ज भईसकेपछि तपाईलाई रिचार्जकार्ड भएको अथवा पैसा आफ्नो मोबाइल व्यालेन्समा भएको म्यासेज आउँछ । त्यसपछि तपाईले बोनस प्रक्रियाको लागि टेलिकमलाई म्यासेजमार्फत रिक्वेस्ट गर्नुपर्ने हुन्छ ।

त्यसका लागि म्यासेज बक्समा गइ स्मल लेटरमा ‘एफ’ ‘आर’ टाइप गरी १४१५ मा सेन्ड गर्नुपर्छ । तपाईले म्यासेज पठाएको केही सेकेन्डभित्रै टेलिकमले तपाईलाई बोनस आएको म्यासेज पठाउँछ । यसरी तपाईले लकडाउनको बेलामा टेलिकमको यो सेवा लिन सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here