कोरोनाभाइरस नियन्त्रण कोषमा लगानी कोषले दियो सवा करोड

काठमाडौं, १७ चैत । नागरिक लगानी कोषले कोरोनाभाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने भएको छ ।

सोमबार बसेको कोषको सञ्चालक समितिको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापना गरेको कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको हो ।

यसका साथै, संचालक समितिका अध्यक्ष एबम् सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता र कोषका कार्यकारी निर्देशक रमण नेपालको एक महिनाको तलब कोरोना उपचार कोषलाई दिने भएका छन् ।

त्यस्तै कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायकस्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम समेत सहयोग प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here