वीर अस्पतालमा मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं, १८ चैत । वीर अस्पतालमा आइतवार र सोमवार मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

वीर अस्पताल स्रोतको अनुसार मृत्यु भएका दुवैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या भएका कारण मृत्यु भएको हो ।

दुवै जनामा श्वासप्रश्वासमा समस्या भएको र ज्वरो पनि आएकाले स्वाब परीक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दुवेको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतवार काठमाडौं सतुंगल बस्ने ३३ वर्षीया एक महिला र सोमवार रौतहतका ५५ वर्षीय पुरुषको वीर अस्पतालमा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here