भ्रमण वर्ष औपचारिक रुपमै स्थगित, सचिवालय बैशाखबाट विघटन गरिने

काठमाडौं, १८ चैत । सरकारले भ्रमण वर्ष २०२० को कार्यक्रम स्थगित गरेको छ ।

चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्रोतले जनाएको छ ।

भ्रमणवर्षसँगै प्रचार प्रसारका लागि स्थापना गरिएको भ्रमण वर्ष २०२० को सचिवालय आगामी बैशाख १ गते देखि बिघटन गर्ने निर्णय पनि भएको छ ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । तर कोरोना भाइरसका कारण यो अभियान नराम्रोसँग प्रभावित बनेपछि स्थगित गर्नुपर्ने अवस्थामा सरकार पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here