सातवटै प्रदेशबाट कोरोना परीक्षण, नमुना काठमाडौं ल्याउनु पर्ने बाध्यता हट्यो

काठमाडौं, २० चैत । कोरोना भाइरस (कोविड १९) को नमूना परीक्षण उपत्यकाबाहिर पनि सुरु भएको छ । विहिबारदेखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालनमा आएको हो ।

धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै परीक्षण सुरु भइसकेको छ। पोखरामा पनि बुधबार कोरोना परीक्षण सुरु भएको छ।

प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, प्रदेश ५ को बुटवल र बागमती प्रदेशको हेटौंडाबाट पनि बिहीबारदेखि नमूना परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ। यसअघि कोरोना परीक्षण काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुन्थ्यो।

जसले गर्दा काठमाडौं उपत्यकाबाहिरका अस्पतालले पनि कोरोना शंका लागेका बिरामीको नुमना (थुक/र्‍याल) परीक्षणका लागि टेकु प्रयोेगशालामा पठाउँथे। अबदेखि त्यो बाध्यता हट्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here