कोरोनाभाइरस उपचार कोषमा सुनचाँदी व्यवसायीको १५ लाख

काठमाडौं, २० चैत । कोरोनाभाइरस महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन सरकारले स्थापना गरेको कोषमा नेपाल सुनचाँदी व्यवसायी महासंघले रु. १५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले यो सहयोग तत्कालका लागि घोषणा गरिएको र आगामी दिनमा थप नगद तथा अन्य सहयोग गर्न आफू तयार रहेको बताएको छ ।

यस्तो बिषम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्रमा निकै ठूलो असर पर्ने र दैनिक मजदूरी गरेर खाने वर्गलाई बढी समस्या पर्ने पनि महासंघले बताएको छ ।

उसका अनुसार दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरु मार्फत विभिन्न किसिमका खाद्य सामाग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको छ ।

यो संकटको घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न महासंघ प्रतिवद्ध रहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here