एक स्थानीय तहबाट अर्कोमा जान नपाइने, तीन जिल्लामा र्‍यापिड टेष्ट

काठमाडौं, २२ चैत । सरकारले लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न लागू गरेको लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको हो ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आइतबार एउटा स्थानीय निकायबाट अर्को स्थानीय निकाय, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा प्रदेशबाट अर्को प्रदेशमा हुने सबैप्रकारका आवातजावतमा रोक लगाउने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

यसैगरी पछिल्लो समय कोरोना सङ्क्रमित भेटिएका कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेस्टमार्फत परीक्षण गर्ने निर्णय गरेको उनले बताए। ती जिल्लामा सङ्क्रमण थप फैलन नदिन आशङ्‍‍का लागेका सबैको नमुना परीक्षण गरिने उनले बताए। कैलालीमा शनिबार एकै दिन तीन जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here