महासंघद्धारा विपन्न परिवारलाई ४५ हजार किलो खाद्यान्न वितरण

काठमाडौं, २३ चैत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले विपन्न परिवारलाई राहत वितरण गरेको छ। आइतबार नेपाल विज्ञापन संघको कार्यालय शान्तिनगरबाट निम्न वर्गीय परिवारलाई खाद्यान्न वितरण गरेको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि लेखराज भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न वितरण गरेका थिए ।

महासंघले महामारीका कारण लकडाउनका कारण अत्यावश्यक सामाग्री समस्या परेका श्रमिक तथा कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल लगायतका सामाग्री वितरण गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here