सरकारले ५० हजार बढी स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

काठमाडौं, २३ चैत । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि परिचालन गर्ने भएको छ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर रहेका ५० हजारभन्दा बढी स्वास्थ्य स्वयसेविकालाई कोरोना भाइरस रोकथाम र उपचारका लागि परिचालन गर्ने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको उक्त समितिको आइतबार साँझ सम्पन्न बैठकले देशभर सञ्चालित क्वारेन्टाइन र राहत वितरणको मापदण्ड परिमार्जन गर्ने निर्णयसमेत गरेको छ। हाल प्रयोग भइरहेका दुवै मापदण्डमा केही परिमार्जन गर्नुपर्ने देखिएको बैठकको निष्कर्ष छ।

समितिको बैठकले १४ दिन क्वारेन्टाइनमा राखिएकालाई खकारको स्वाब परीक्षण गरेर सङ्क्रमण नभएको पुष्टि भएपछि मात्र घर जान अनुमति दिने र सङ्क्रमण देखिएकालाई आइसोलेसनमा लगेर राख्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here