संक्रमणसँग लड्न उदयदेब सहकारीले दियो माहाकाली नगरपालिकाकालाई ४० हजार

दोधारा,२६ चैत । उदयदेब बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडले माहाकाली नगरपालिकालाई ४० हजार चेक हस्तान्तरण गरेको छ् ।

माहाकाली नगरपालिका कार्यालयमा माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली तथा माहाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जय बहादुर महरालाई उदयदेब बहुउद्दश्यीय सहकारी संस्था लिमिटेड दोधारा शाखाका शाखा प्रबन्धक त्रिलोक चन्दले रु. ४० हजारको चेक हस्तान्तरण गरेका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ताले दिल बहादुर सिजालीले माहाकाली नगरपालिकाको कोरोना भाईरस बिपद् ब्यवस्थापनको प्राप्त रकम जम्मा हुने बताएका छन् ।

माहाकाली नगरपालिकामा बिगत लामो समय देखि सामाजिक कार्यमा स्थानिय सरकारलाई सहयोग गर्दै आएको उदयदेब बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडलाई यस्तो असहज अवस्थामा नागरिकको स्वास्थ्यमा सहयोग हुने कार्यक्रम अन्तर्गत सहयोग पुर्‍याएको भन्दै उदयदेब बहुउद्दश्यीय सहकारी संस्था लिमिटेड परिवारलाई बिशेष धन्यबाद दिएका छन् ।

‘कोरोना भाइरसले त्राही त्राही मच्चाएको असहज अवस्थामा नागरिकको भलो हुने कार्य उदयदेब बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडले गरेको छ्’ माहाकाली नगरपालिका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले भने ।

‘विश्वभरी फैलिएको कोरोना भाइरस को रोगथाम तथा नियन्त्रणका लागी यस्तो नाजुक अवस्थामा राज्यलाई समेत हामी सबैको साथ सहयोगको आवश्यकता रहेको र देश पुर्णरुपमा लक डाउनको अवस्थामा रहेकोले उदयदेव बहुउद्देश्यीय सहकारी सस्था मिमिटेड कञ्चनपुरले जिल्ला भरिका सबै स्थानीय तहमा रहेका दैनिक ज्यालादारी गर्ने मजदुर, बिपन्न तथा क्यारेन्टानमा रहेकाहरुको खानपान को व्यबस्थापन मा सहयोग पुर्‍याउने उद्धेश्यले सहयोग गर्ने निर्णय भएको छ्’ उदयदेब बहुउद्दश्यीय सहकारी संस्था लिमिटेड कञ्चनपुरले सामाजिक संजालमा जारी गरेको बिज्ञप्तीमा भनेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here