कोरोनाबाट मृत्यु हुनेको स‌ंख्या ९५ हजार नाघ्यो, १६ लाख संक्रमित

काठमाडौं, २८ चैत । विश्वभर कोरोना भाइरसबाट ९५ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या १६ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार बिहिवार मात्रै सात हजार भन्दा बढी मानिसको ज्यान गएको छ भने ८४ हजार भन्दा बढी नयाँ बिरामी थपिएका छन्। त्यस्तै ३ लाख ५६ हजार २ सय ८३ जना उपचारपछि निको भएका छन्।

अहिले विश्वका २ सय ९ देश तथा क्षेत्रमा कोरोना भाइरसका ११ लाख ५१ हजार ३१ जना बिरामी उपचारत छन्। यीमध्ये ४९ हजार १ सय २५ को अवस्था गम्भीर रहेको छ भने ११ लाख १ हजार ९ सय ६ को अवस्था सामान्य रहेको छ।

अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ। स्पेनमा देखिएका १ लाख ५३ हजार २ सय २२ कोरोनाका संक्रमितमा १५ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ पुगेको छ। यीमध्ये १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ।

जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार २ सय ३५ पुगेको छ, जसमध्ये २ हजार ६ सय ७ जनाको मृत्यु भएको छ।

फ्रान्स्मा १ लाख १७ हजार ७ सय ४९ संक्रमित रहेकोमा १२ हजार २ सय १० जनाको मृत्यु भएको छ। चीनमा कूल कोरोना संक्रमितको संख्या ८१ हजार ९ सय ७ रहेको छ। यीमध्ये ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। यीमध्ये १ जनाको उपचारपछि निको भइसकेको छ भने बाँकी ८ जना अहिले उपचारत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here