माहाकालीका नगर प्रमुखको लक डाउन डायरी:’अधिकांस समय जनताको घर दैलोमा’

दोधारा, २८ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सन्त्रास एवम् लकडाउनले सर्वसधारण पीडित भईरहेका छन् ।

कोरोना भाइरसको सन्त्रास तथा देशमा लकडाउनको संवेदनशील एवं संकटपूर्ण समयमा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार नगरका स्थानियहरु संग भेट तथा समस्याहरु बुझ्न ब्यस्त देखिन्छन् ।

माहाकाली नगरपालिकाका बिपन्न बस्तीमा पुगेर उनिहरुको स्वास्थ्य अवस्था तथा खानपिनको बारेमा जानकारी लन्छन् । माहाकाली नगरपालिका कार्यालयले वितरण गर्दै आएको मास्क, सेनिटाइजर तथा साबुन गाँउ बस्तीमा पुगे नपुगेको बारेमा समेत जानकारी लिएका छन् ।

बिगत केही दिन देखी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत तथा लेखा फाँटका कर्मचारी काठमाण्र्डौमै लकडाउनको कारण रहदै आएको बेला माहाकाली नगरपालिका नगर प्रमुखको पहलले स्थानियहरुलाई यस्तो बिकराल परिस्थितीमा कोरोना भाइरसबाट बच्न तथा लकडाउनले ज्याला मजुरी गर्नेहरुलाई समस्यालाई समाधान गर्न बिभिन्न योजना अघि सारेका छन् ।

लकडाउनको अवस्थालाई मध्यनजर राख्दै चाडै नगरका बिपन्न समुदायहरुलाई खाद्यान्न बितरण गर्ने चाँजो पाँजो मिलाउदै गरेको नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् ।

नगरका झण्डै ३ हजार भन्दा बढी बिपन्न भनिएका बर्गहरुलाई खाद्यान्न बितरण गर्ने तयारीमा माहाकाली नगरपालिकाका जनप्रतिनिधीहरु जुटेका छन् ।

कतिपय बस्तीमा सर्वसधारण गरिव तथा ज्यालादारीमा मजदुरी गर्ने पीडितहरु राहतको पर्खाईमा रहेको माहाकाली नगरपालिकाका नगर प्रमुखलाई स्थानियहरुले समस्या राखेका छन् ।

नगर प्रमुखले आगामी केही दिन भित्र बिपन्न बर्गका परिवारलाई खाद्यान्न बितरण गर्ने तयारी भईरहेको उनिहरुलाई बताएका छन् । झण्डै ३ सय ५० कुन्टल चामल, ५० कुन्टल दाल, तेल, नुन लगाएत खाद्यान्न धनगढीबाट ढुवानी गरि ल्याउनु पर्ने हुँदा केही समय लागेको नगर प्रमुखले बताएका छन् ।

कोरोना भाइरसको संत्रास तथा लकडाउनको बेला घरमै बस्न तथा हिडडुल नगर्न माहाकालीका नगर प्रमुखले सर्वसाधरणलाई सहयोग गर्न उनीहरुको घरदैलोमै पुगिरहेको उनले बताए ।

कोरोना भाइरसको संत्रास तथा लकडाउनको संवेदनशील एवम् संकटपुर्ण समयमा सबै संयमित भएर बस्न आग्रह गरिएको छ् । नगर प्रमुखले सरकारले गरेको लकडाउनको पूर्णपालना गर्न समेत सबैलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here