संचय कोषका ऋणीलाई १० प्रतिशत ब्याज छुट, कोरोनाबाट मृत्यू भए २ लाख क्षतिपूर्ति

काठमाडौं २७, चैत । बैंक तथा वित्तीय संस्थाले जस्तै संचयकोषले पनि आफ्ना ऋणीलाई १० प्रतिशत ब्याज छुट दिने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण ऋणीलाई मर्का परेको भन्दै कोषले ऋण छुट दिने निर्णय गरेको हो ।

कोषले शुक्रबार असारसम्म पाकेको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो । उक्त निर्णय पछि कोषका ऋणीले चैत देखि असारसम्मको ब्याज असारमसान्त भित्र भुक्तानी गरेमा पाकेको ब्याजमा १० प्रतिशत छुट पाउनेछन । यस्तै, असारसम्म बुझाउनु पर्ने सापटीको ब्याज एक साउनसम्म बुझाउन पाइने सुविधा पनि कोषले दिएको छ ।

कोषले कोरोनाबाट मृत्यू भएका संचयकर्तालाई प्रतिव्यक्ति २ लाख रुपैयाँ क्षतिपूर्ति पनि दिने भएको छ । कोरोनाबाट मृत्यू भएका संचकर्ताको हकवालालाई उक्त रकम प्रदान गरिने कोषले विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here