कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघ्यो, संक्रमितको संख्या १९ लाख

काठमाडौं, २ बैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या संख्या १ लाख साढे १९ हजार नाघेको छ ।

तथ्याङ्क अनुसार सोमबारसम्म विश्वमा १ लाख १९ हजार ६ सय ५५ जनाले ज्यान गुमाइसकेका छन्। विश्वमा कोरोना भाइरसको संक्रमण १९ लाख २४ हजार ३ सय २५ जनामा भएको पुष्टि भएको छ।

संक्रमितमध्ये हालसम्म ४ लाख ४४ हजार ८ सय ३६ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्।

हालः विश्वका विभिन्न अस्पताल र घरमै बसी १३ लाख ५९ हजार ८ सय ३४ जनाले कोरोनाको उपचार गरिरहेका छन्। उपचारतमध्ये ५१ हजार ७ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ भने १३ लाख ८ हजार ९२ जनाको अवस्था सामान्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here