एनसेलले अझै ३९ अर्ब ६ करोड आयकर तिर्नुपर्ने

काठमाडौं, ३ बैशाख । एनसेलले आयकर, शुल्क, ब्याज, विलम्ब शुल्क गरी कूल ३९ अर्ब ६ करोड रुपैयाँ कर ८ दिन भित्र तिर्नु पर्ने भएको छ ।

ठूला करदाता कार्यालयले मंगलबार एनसेल प्रालिले सो बराबरको रकम तिर्नुपर्ने बताएको हो । टेलियासोनेरा कम्पनी स्वीडेनले यो कम्पनी आजियटा बर्हाड मलेसियालाई बिक्री गर्दा भएको पूँजिगत लाभ रु. १ खर्ब ४३ अर्ब ६५ करोड निर्धारण भएको थियो । यसबाट शेयर बिक्रेता टेलियासोनेराको नाममा रु. ६० अर्ब ७१ करोड २४ लाख कर निर्धारण भएको थियो ।

उक्त कर एनसेल प्रालिबाटै असुल उपर गरिपाउँ भनी सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले एनसेललाई नै कर लाग्ने परमादेश दिएको थियो ।

त्यसपछि एनसेलले ठूला करदाता कार्यालयमा पूँजिगत लाभकर रु. २१ अर्ब ५४ करोड ८० लाख र विलम्ब शूल्क रु. २ अर्ब २ करोड रुपैयाँ बुझाएको थियो । ठूला करदाता कार्यालयले उक्त भुक्तानीलाई समेत आधार मानि थप तिर्नुपर्ने कर निर्धारण गरेको बताएको छ ।

एनसेलले तिर्न बाँकी रकम (रु.): 
आयकर ऐन २०५८ बमोजिम २५ प्रतिशतले हुने कर :   ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय
उक्त ऐन बमोजिमको शूल्क :   १ अर्ब ८३ करोड ३० लाख ७३ हजार ६ सय ७२
ऐन बमोजिमको ब्याज (२०७६ बैशाखसम्म) :    ८ अर्ब ३९ करोड ०८ लाख १२ हजार ३ सय ४२
कूल :   ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६
दाखिला गरेको रकम :   २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१
अब बाँकि :   ३९ अर्ब ०६ करोड ०६ लाख ८४ हजार ८ सय १५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here