बढ्यो सडक उपयोग दस्तुर, कुन सडक खण्डमा कति तिर्नुपर्छ ?

काठमाडौं, ४ बैशाख । सरकारले राजमार्ग उपयोग गरेवापत तिर्नुपर्ने सडक उपयोग दस्तुर बढाएको छ । बैशाख दुई गते देखि लागु हुने गरी सरकारले सडक उपयोग दस्तुर वृद्धि गरेको हो ।

सडक बोर्ड ऐन अनुसार सरकारले यस्तो दस्तुर संकलन गर्दै आएको छ । सरकारले केही सडक खण्डमा दस्तुर वृद्धि गरेको छ भने केही सडक खण्डमा नयाँ दस्तुर संकलन शुरु गरेको छ । यसअघि दस्तुर तिर्न नपर्ने सडक खण्डहरु अब तिर्नुपर्ने सडक खण्डमा परिणत भएका छन् ।

कुन सडक खण्डमा कति दस्तुर (रु)

हेटौडा–नारायणघाट
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : १००
कार जीप, पिकअप भ्यान र ट्याक्टर : ४०
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १०

नारायणघाट–बुटवल
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : १३०
कार जीप, पिकअप भ्यान र ट्याक्टर  : ६०
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १०

नौबिसे–मुग्लिङ
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट  : १२०
कार जीप, पिकअप भ्यान र ट्याक्टर : ५०
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १०

भैरहवा–भुमई
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : ३०
कार जीप, पिकअप भ्यान र ट्याक्टर : २०
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १०

काकडभिट्टा–दमक
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : ७५
कार जीप, पिकअप भ्यान र ट्याक्टर : ३०
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १०

दमक–इटहरी
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : १२५
कार जीप, पिकअप भ्यान र ट्याक्टर : ५०
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १०

विराटनगर–धरान
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : ७०
कार जीप, पिकअप भ्यान र ट्याक्टर : २५
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १०

कोशी–चैहर्वा
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : १४०
कार जीप, पिकअप भ्यान र ट्याक्टर : ५५
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १०

हेटौडा–विरगन्ज
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : ८५
कार जीप, पिकअप भ्यान र ट्याक्टर : ३५
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १०

विरगन्ज–पथलैया
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट  : ५०
कार जीप, पिकअप भ्यान र ट्याक्टर : २०
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १०

पहिलो पटक दस्तुर उठाउन शुरु सडक खण्ड

धुलिखेल–खुर्कोट
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : १२५
कार जीप, पिकअप भ्यान र ट्याक्टर : ५०
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १५

खुर्कोट–सिन्धुली
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : ११५
कार जीप, पिकअप भ्यान र ट्याक्टर : ४५
तीन पांग्रे टेम्पो र मोटरसाइकल : १५

पाँचखाल–मेलम्ची
बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्ट : ५०
कार जीप, पिकअप भ्यान र ट्याक्टर : १५
तीन पांग्रे टेम्पो र मोटरसाइकल : ५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here