दुई दिनमा भेटिएन् कोरोना संक्रमित, र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाको नतिजा ल्याबमा नेगेटिभ

काठमाडौं, ४ बैशाख । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरस संक्रमण नदेखिएको जनाएको छ ।

बिहीवार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विगत २४ घण्टामा पीसीआर विधिबाट ३६९ वटा नमुनाको परीक्षण गरिएको तर कुनैमा पनि कोरोनाभाइरस नभेटिएको बताए।

बुधवार पनि कुनै संक्रमित फेला परेका थिएनन्। उनका अनुसार सो अवधिमा कुल ३,२६३ व्यक्तिबाट सङ्कलित नमुना को आरडीटी अर्थात् द्रुत विधिबाट परीक्षण गरिएको थियो।

उपचारमा रहेका १५ जना र एक जना निको घर फर्किएका गरी १६ जनाबाहेक नयाँ कोरोना संक्रमित बिरामी फेला नपरेको जनाएको छ।

र्‍यापिड डाइगोनिस्टिक टेस्ट (आरडिटी) परीक्षणमा पोजेटिभ देखिएका केही नतिजा नेगेटिभ आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमण फैलिने सम्भावना भएपछि अहिले ८ वटा जिल्लाबाहेक अन्य सबैमा र्‍यापिड टेष्ट गरिरहेको प्रवक्ता देवकोटाले बताए। इलाम ताप्लेजुङ, मनाङ लगायत आठ जिल्लामा टेष्ट भएको छैन।

अहिलेसम्म काठमाडौँ उपत्यकाभित्र ८ जना र उपत्यकाबाहिर ९५ जना आइसोलेसनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here