गोरखा बुंकोटमा एकै परिवारका ४ जना करेन्टाइनमा

गोरखा, ५ बैशाख । गोरखा जिल्ला स्थित शहिद लखन गाँउपालिका वडा नम्बर ८ मैलुम गाउँका एकै परिवारका ४ जनालाई करेन्टाइनमा राखिएको छ ।

विहीबार चितवनबाट घर फर्किएका ती चार जनालाई विहीबार बेलुकी नै करेन्टाइनमा राखिएको हो ।

उनिहरूलाई श्री सहिद स्मृति उच्च माध्यमिक विद्यालयमा बनाईएको करेन्टाइन स्थलमा राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बाबु खनालले बताए ।

यसका साथै अब देश तथा विदेशका कुनैपनि स्थानबाट आएका स्वदेशी तथा विदेशी नागरिकलाई अनिवार्य रुपमा करेन्टाइनमा राखिने शहिद लखन गाँउपालिका वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठले बताए।

करेन्टाइनमा बस्नेमा २ जना पुरुष १ जना महिला र १ जना बच्चा रहेका छन् । साथै एक जना छिमेकीलाई पनि करेन्टाइनमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here