भाटभटेनी सुपरमार्केट सञ्चालनमा, एक पटकमा १० जनालाई मात्रै प्रवेश

फाइलफोटो

काठमाडौं, ५ बैशाख । भाटभटेनी सुपरमार्केटले लकडाउनको कारण बन्द रहेका काठमाडौं उपत्यकाका ६ स्टोर शुक्रबारदेखि खुला गरेको छ ।

भाटभटेनीले उपत्यकाका पुलचोक, महाराजगंज, कंलकी, कोटेश्वर, भक्तपुर र नक्साल आउटलेटबाट शुक्रबारदेखि खुला गरेको हो । सुपरमार्केटले लकडाउनका बीच उपत्यका बाहिरका ७ वटा आउटलेटबाट सेवा दिँदै आएको छ ।

लकडाउनका कारण अहिले भाटभटेनीले होम डेलिभरीको सुविधा प्रदान गर्दै आएको छ। बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुल्नेछ। एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here