फागुन र चैतको विद्युत महसुल बैशाखसम्म तिर्दा जरिवाना नलाग्ने

काठमाडौं, ६ चैत । गत फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिरे जरिवाना नलाग्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले फागुन र चैतको महसुल समयमै तिरे जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

यसअघि निर्धारित समयमा महसुल नतिरे जरिवानाको व्यवस्था थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्को निर्णय अनुसार जरिवाना छुट दिन लागिएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार जरिवाना छुट दिने निर्णय भएको बताएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले लकडाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने समेत प्रष्ट पारे ।

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण अर्थतन्त्रमासमेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले उपभोक्ताहरुलाई विद्युत महशुल तथा विलम्ब वापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।

कोरोना भाइरस संक्रमणका कारण चैत १६ मा बसेको मन्त्रिपरिषद्को बैंठकले उपभोक्ताहरुलाई विद्युत महशुल तथा विलम्ब बापत लाग्ने जरिवाना तथा अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।

प्राधिकरणले चैत र वैशाखको महशुल आगामी ६ जेठभित्रमा भुक्तानी गरे २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था रहेको थियो ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकले गत चैत्र र बैशाखको बिलको इनर्जी शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here