३१औं संक्रमित: शुक्रबार नेगेटिभ देखिएको व्यक्ति शनिबार पुन: जाँच गर्दा पोजेटिभ

काठमाडौं, ६ बैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका व्यक्ति विराटनगरका हुन्।

परीक्षणका क्रममा शुक्रबार नेगेटिभ देखिएका व्यक्तिमा शनिबार पुन: जाँच गर्दा पोजेटिभ देखिएको छ ।

उदयरपुरबाट ल्याइएका १६ जनामध्ये शुक्रबार १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने चारजनामा नेगेटिभ देखिएका कारण उनीहरुलाई मोरङको टाँडीस्थित नेपाली सेनाको क्‍वारेन्टाइनमा राखिएको थियो ।

उनीहरुको आज फेरि कोरोना जाँच गर्दा एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here