भारतमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, एकैदिन ३३ जनाको मृत्यु

काठमाडौं, ७ बैशाख । भारतमा कोरोना संक्रमित संख्या १५ हजार नाघेको छ । ब वर्ल्डओमिटरका अनुसार आइतबार बिहानसम्म भारतमा संक्रमितको संख्या १५ हजार ७ सय ३० पुगेको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय २१ जनाको मृत्यु भइसकेको छ। गएको २४ घन्टामा भारतमा संक्रमितमध्ये ३३ जनाले ज्यान गुमाएका छन्।

शनिबार एकैदिन भारतमा १३ सय ५ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये अहिलेसम्म साढे २४ सय उपचारपछि ठिक भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here