अब यस्ता सवारी साधन पास विना आवतजावत गर्ने मिल्ने

काठमाडौं, ६ बैशाख । सरकारले कोरोना भाइरसको संक्रमण कम गर्न भन्दै वैशाख १५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ ।

लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि उपलब्ध गरेको सवारी पासले लकडाउन भर काम गर्ने जनाएको छ ।

पासका विषयमा थप स्पस्ट पार्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाए अनुसार यसअघि जारी गरिएको पहेलो रंगको सात दिने सवारी पास भएकाले इ पास लिनु नपर्ने जनाएको छ ।

यो अवधिमा लकडाउन उल्लंघन गर्दै सडकमा गुड्ने हजारौँको सवारी साधन कारबाहीमा परेका छन् ।

अतिआवश्यक कामका लागि सवारी सञ्चालन गर्न विभिन्न निकायबाट सवारी पासको व्यवस्था गरिएकोमा यसको दुरुपयोग बढेको गुनासो पनि आइरहेको छ ।

यसबीच जिल्ला प्रसाशन कार्यालयले पासको दुरुपयोग बढेको भन्दै मृत्यु संस्कारमा जानेलाई मात्रै पास दिने घोषणा गरेको थियो । फेरि मन्त्रालयले शनिबार सूचना निकाल्दै सवारी पास विना आवतजावत गर्ने मिल्ने सवारी साधनका बारेमा जानकारी दिएको छ ।

एम्बुलेन्स, तरकारी/ फलफूल/ खाद्यान्न/ औषधि/ मास्क/ पीपीईलगायतका स्वास्थ्य सामग्री/ पेट्रोलियम पदार्थ/ चल्ला/ दाना/ अण्डा ढुवानी गर्ने सवारीसाधनहरू (बाहिरबाटै देखिने गरी अत्यावश्यक वस्तु ढुवानी साधन अंकित गर्नुपर्ने तर यात्रीहरू बोक्न नपाइने) डाक्टर/नर्सलगायत सबै प्रकारका स्वास्थ्यकर्मीहरू/ राष्ट्रिय अनुसन्धानलगायत सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरूका सवारी साधन (साथमा अधिकारिक फोटोसहित परिचयपत्र राख्नुपर्ने)लाई पास नचाहिने प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here