सिंगापुर उड्दै श्री एयरलाइन्स

काठमाडौं, ८ बैशाख । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मंगलबार सिंगापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।

सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो चार्टर उडानका लागि भारत, बंगलादेश, म्यान्मा, थाइल्याण्डलगायत मुलुकसँग ‘ओभरफ्लाई’ को अनुमति लिनुपर्ने आवश्यक प्रक्रिया पूरा भइसकेको छ । मंगलबार बिहान सिंगापुर उडान भरेर श्रीको जहाज बुधबार नै काठमाडौँ फर्कनेछ ।

श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here