लकडाउनले अलपत्र परेका एक नेपालीसहित छ पर्यटक गुफामा भेटिए

काठमाडौं । भारतमा एक नेपालीसहित छ पर्यटक गुफामा फेला परेका छन्।

लकडाउनले अलपत्र परेका उनिहरु उत्तराखण्डको ऋषीकेश शहर नजिकैको गुफामा उनीहरू फेला परेका हुन्। भारतीय सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु गन्तब्यमा पुग्न पाएका थिएनन् ।

उनीहरु एक महिनादेखि गुफामा बसिरहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चार पुरूष र दुई महिला होटलमा बसोबास गर्दै आएका थिए। उनीहरू पहिले होटलमा बसिरहेको र ‍पछि पैसा सकिएपछि गुफामा बस्न पुगेको सिएनएनले जनाएको छ। उनीहरूलाई प्रहरीले आइतबार उद्दार गरी आश्रममा पठाएको छ।

ती पर्यटक फ्रान्स, टर्की, यूक्रेन, अमेरिका र नेपालका हुन्।

उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य छ। उत्तराखण्ड प्रदेशमा मार्च २० देखि बाहिरी आप्रवासीहरूलाई प्रवेश निषेध गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here