भारतमा एकैदिन १२ सय ९० जना कोरोना संक्रमित थपिए

काठमाडौं, ११ बैशाख । भारतमा एकैदिन १२ सय ९० जना जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार एकैदिन १२ सय ९० जना संक्रमित भएको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ। यो सँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१ हजार ३ सय ७० पुगेको छ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ८१ पुगेको छ। बुधबारमात्रै ३६ जनाको मृत्यु भएको थियो।

भारतमा सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here