नारायणी अस्पतालमा उपचारत चारजना कोरोना मुक्त

काठमाडौं, १३ बैशाख । वीरगञ्‍जस्थित नारायणी अस्पतालमा उपचारत कोरोना भाइरस संक्रमित चारैजना निको भएका छन्।

दुई साता लामो उपचारपछि चैत ३० गते र वैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित निको भएका अस्पताल स्रोतले जनाएको छ ।

चैत ३० गते भर्ना भएका ३४, ४४ र ५५ वर्षीय भारतीय नागरिक निको भएकाले डिस्चार्ज गरेर घर फिर्ता पठाउन लागिएको छ।

निको हुनेमा वीरगञ्‍‍जस्थित मस्जिदमा रहेका ३ जना भारतीय नागरिक र रौतहटका एकजना युवक रहेका छन् ।

चार जना डिस्चार्ज भएपछि अस्पतालमा कोरोनाका एक जना मात्र बिरामी बाँकी रहने छन्। जनकपुरबाट ल्याइएका सर्लाहीका १४ वर्षिय पुरुषलाई दुई दिन अघि मात्र वीरगञ्ज अस्पतालमा ल्याइएको हो।

निको हुनेको संख्या १५ पुगेको छ। नेपालमा हालसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here