थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं, १४ बैशाख । नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ।

संक्रमितमध्ये हालसम्म १२ जना निको भएका छन्। ३९ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here