पूर्व आइजिपी खनाल र दुई सांसदविरुद्ध उजुरी दिन टेकु पुगे जसपाका नेता

काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ भएको भन्दै किटानी जाहेरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगेका छन्।

नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल लगायत दुई सांसदविरुद्ध अपहरण कार्यमा संलग्न रहेको भन्दै शीर्ष नेताहरु किटानी जाहेरी दिन टेकु पुगेको हुन् ।

बुधबार खनाल, नेकपा सासंदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याइएको आरोप पार्टीले लगाउँदै आएको छ।

अपहरणमा परेका भनिएका यादवले आफूलाई अपहरण गरेको नभने पनि झुक्याएर, दबाबमा काठमाडौं ल्याएको बताउँदै आएका छन्। खनालसहित दुई सांसदले महोत्तरी गएर यादवलाई ल्याएको स्वीकार गरिसकेका छन्। तर उनीहरुले अपहरण नभएर सल्लाहमा नै काठमाडौँ ल्याएको बताउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here