कोरोना नियन्त्रण कोषमा जुट्यो दुई अर्ब १३ करोड, खर्च शून्य

काठमाडौं, १५ बैशाख । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ जम्मा भएको छ।

संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा आइतबार साँझसम्म सो रकम जम्मा भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो ।

यो कोषमा करोडौं रुपैयाँ जम्मा भएपनि हालसम्म कोषको रकमबाट एक रुपैयाँ पनि खर्च भएको छैन ।

सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्याउन कोष स्थापना गरेको हो । कोषमा संकलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।

सरकारले अर्थमन्त्रालयको सिफारिसमा महालेखा नियन्त्रक कार्यालयबाट रकम निकासा गर्ने भन्‍ने निर्देशिका तयार गरी कोषको जिम्मा महालेखा नियन्त्रक कार्यालयलाई दिएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ भने दोस्रो धरै निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here