कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो, मृतकको संख्या २ लाख १० हजार

काठमाडौं, १६ बैशाख । विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या ३० लाख नाघेको छ । मंगलबार बिहानसम्म ३० लाख ३६ हजार ७ सय ७० जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ६९ हजार ७ सय ४६ नयाँ संक्रमित थपिएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १० हजार ८ सय ४२ पुगेको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् भने १ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार ४ सय ६७ पुगेको छ भने मृतकको संख्या ५६ हजार १ सय ६४ पुगेको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ भने मृतकको संख्या ९ सय ३९ पुगेको छ । सोमबार मात्रै भारतमा १ हजार ५ सय ६१ जना संक्रमित हुँदा ५८ जनाको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएका छैन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here