२४ घण्टामा एक हजार १९३ जनाको परीक्षण, ५ जना रेड जोनमा

काठमाडौं, १६ बैशाख । सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ।

१० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ।

गत २४ घण्टामा कोरोना भाइरसको आशंकामा एक हजार १९३ को नमुना संकलन गरे परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ मा ४ हजार ८ सय २८, प्रदेश नम्बर २ मा ५ हजार २ सय ४९ र बागमती प्रदेशमा ८ हजार ४ वटा आरडिटी परीक्षण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६, प्रदेश नम्बर ५ मा ५ हजार ३ सय २८, कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ र सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा आरडिटी परीक्षण भएका छन् ।

देशभरी अहिले २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा सबैभन्दा बढी १२ हजार १ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश नम्बर १ मा २ हजार २ सय ८८, प्रदेश नम्बर २ मा १ हजार ५ सय १२, बागमती प्रदेशमा ३ सय ६१ र गण्डकी प्रदेशमा ६ सय ७६ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी कर्णाली प्रदेशमा १ हजार ३ सय ९ र सुदूरपश्चि प्रदेशमा १ हजार ३ सय ९ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर १ सय ३ गरी १ सय ७ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।

२४ घण्टामा ५ जना रेड जोनमा परेका छन् भने हालसम्म रेड जोनमा पर्नेको तीन सय ९ जना परेका मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here