लकडाउन उल्लङ्घन गर्ने १७ सय जना सडकमै होल्ड,३ सय ३९ वटा सवारी नियन्त्रणमा

काठमाडौं, १७ बैशाख । केहिदिन देखि खुकुलो भएको उपत्यकाभित्रको लक डाउनमा थप कडाइ गरिएको छ ।

गृह मन्त्रालयले सोमवार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै लकडाउन थप कडाइ गर्न निर्देशन दिएसँगै लक डाउनमा थप कडाइ भएको हो ।

केही दिनदेखि गाउँ फर्किनेको भिडले लकडाउन खुकुलो हो कि भन्ने अनुभूति गरिरहेका आम मानिसलाई बुधबार पनि प्रभाव परेको छ ।

प्रहरीले सडका हिँडेका र गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

उपत्यकाबाट लकडाउन उल्लङ्घन गर्ने १६ सय ९७ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, प्रहरीले ३ सय ३९ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।

लडकाउनको समय लम्बिँदै जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढेको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा उपत्यकाभित्रबाट १२ सय ६१ जना पुरुष र ४ सय ३६ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here