एनआरएनएद्धारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, १८ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ लक्षिण कोरीया, चीन, हङकङ र मकाउले बिहीबार स्वास्थ्य तथा जनसंख्या मान्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले उक्त सामग्रीहरु स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उपलब्ध गराउनुभएको छ ।

एनआरएनए रुद्र शर्माका अनुसार दक्षिण कोरियामा रहेका नेपालीहरुले यस अघि पनि टेस्टिङ किट, पीपीइ लगायतका सामग्री उपलब्ध गराएको थियो । बिहीबार फेरि ३१० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीइ गाउन २ हजार थान उपलब्ध गराएको शर्माले बताए ।

यस्तै एनआरएनए चीनले ह्याण्ड ग्लोब्स ३० हजार थान, डिस्पोजेबल मास्क २० हजार थान एन९५ मास्क १ हजार ४ सय ५० थान उपलब्ध गराएको छ । यस्तै एनआरएनए मकाउ र हङकङले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि छिट्टै सरकारलाई उपलब्ध गराइने शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here