धरौटीमा रिहा भए लगत्तै व्यवसायी सुलभ अग्रवाल पक्राउ

काठमाडौं, १९ बैशाख । व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन् ।

अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत अुनसन्धान गर्ने भएपछि गर्नुपर्ने भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विभागले अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने अनुसन्धान सुरु गर्ने बताइएको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश बज्रेस प्याकुर्‍यालको इजलासले व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई गत चैत २५ गते ६७ थान थर्मल गनसहित प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६७ थान थर्मल गन बरामद भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here