‘शरीरमा कीटनाशक पदार्थ छर्किँदा भाइरस मर्दैन ‘- स्वास्थ्य मन्त्रालय

काठमाडौं, २२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शरीरमा कीटनाशक पदार्थ छर्कदा स्वास्थ्यमा असर गर्ने जनाएको छ।

देशका विभिन्न स्थानमा कीटनाशक झोलहरु शरिरमा छर्कने गरिएका खबर तथा तस्बिरहरु सार्वजनिक भइरहेका बेला मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले उक्त कुरा बताएका हुन् ।

पछिल्लो समय सडमा हिड्नेलाई समेत कीटनाशक झोलहरु शरिरमा छर्किरहेको बेला शरीरमा कीटनाशक पदार्थ छर्कदैँमा कोरोना भाइरस निको नहुने तर त्यसले असर गर्ने मन्त्रालयले जनाएको हो ।

यस्ता किटनाशक झोलमा पानीमा मिसाइएको सोडियम हाइड्रोक्लोराईड र क्लोरिनको झोल हुने भएकाले त्यसले शरिरमा हानी पुर्‍याउने बताए।

किटनाशक झोलमा पानीमा मिसाइएको सोडियम हाइड्रोक्लोराईड र क्लोरिनको झोल हुने भएकाले शरिरमा हानी पुर्‍याउने बताए। यस्ता डिसइन्फेक्टहरु सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वास सम्बन्धी बिभिन्न समस्याहरु पनि उत्पन्न भएको विभिन्न अध्ययनहरुले देखाएको प्रवक्ता देवकोटाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here