कोरोना मुक्त भएर घर फर्किएका काठमाडौंका एक सहित तीन जनामा पुनः संक्रमण

काठमाडौं, २३ बैशाख । कोरोना भाइरसमुक्त भएर घर गएका तीन जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको हो।

काठमाडौंका पुरुष ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ ।

उनको पाटन अस्पतालमै उपचार भइरहेको छ । ‘रौतहटका २१ वर्षीय पुरुष र अर्का भारतीय नागरिकलाई नारायणी अस्पताल उपचार भै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here