बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं, २४ बैशाख । बहराइनमा कोरोना संक्रमित हुने नेपाली कामदारको संख्या २४५ पुगेको छ । बहराइनस्थित नेपाली दूताबासले एक विज्ञप्ति जारी गरी संक्रमितको संख्या जानाकारी गराएको हो ।

एकैपटक ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । बहराइनमा रहेका नेपालीहरु एकैपटक यति ठूलो संख्यामा संक्रमित भएको यो पहिलो घटना हो ।

यसअघि त्यहाँका थप ३१ जना र त्यसअघि ७७ जनामा एकैपटक संक्रमण पुष्टि भएको थियो ।

दूताबासका अनुसार बहराइनमा कार्यरत आप्रवासी कामदारमध्ये भारत, बंगलादेश र पाकिस्तानपछि नेपाली धेरै संक्रमित भएका छन् ।

बहराइनमा हाल १९५० संक्रमितको उपचार भइरहेको छ भने १७६२ जना निको भएर घर फर्किसकेका छन् । बहराइनमा हालसम्म कोरोना संक्रमणका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here