थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं, २५ बैशाख । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार भएको परीक्षणका क्रममा कपिलवस्तु-८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य छ।

दुई जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको छ। दुबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here