हाँस्य कलाकार ‘वेलासे’ कोरोना मुक्त

काठमाडौं । हाँस्य कलाकार सुवास कार्की ‘वेलासे’ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बेलायतमा कोरोना संक्रमण भएपछि उपचार गराइरहेका बेलासे दुइसाताको अस्पताल बसाईपछि डिस्चार्ज भएका परिवारिक स्रोतले जनाएको छ । उनि अझै ६ हप्ता अस्पतालकै निगरानीमा रहनेछन् ।

करिव २ हप्ता अघि उनलाई कोरोना पोजेटिभ देखिएपछि उपचार गराइरहेका थिए ।

करिव २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनी अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग लडिरहेका छन् ।

‘वेलासे’ हाँस्य टेलिसिरियल भद्रगोलमा एक समय निकै रुचाइएका पात्र हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here