काठमाडौं, २९ बैशाख । कपिलबस्तुमा थपिएका पछिल्ला संक्रमित अधिकांश भारतबाट आएका पाइएको छ ।
स्रोतले दिएको जानाकारी अनुसार लकडाउनपछि भारत, काठमाडौं लगायत विभिन्न ठाउँबाट आएका मध्येबाट परीक्षण गर्दा देखिएका संक्रमित अधिकांस भारतबाटै आएका हुन् ।
स्वास्थ्य मन्त्रालयले आज थप १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको थियो ।
अहिलेसम्म कपिलवस्तुमा १५ जना संक्रमित भेटिएका छन्।
लकडाउनपछि भारत, काठमाडौं लगायत विभिन्न ठाउँबाट आएका १ सय २५ जनालाई गौतम माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो।