कोरोना आशंकामा ७६ हजार भन्दाबढीको परीक्षण

काठमाडौं, २९ बैशाख । नेपालमा कोरोनाको आशंकामा हालसम्म ७६ हजार ३५५ जनाको परीक्षण परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमापीसीआर विधिबाट कोरोना १७ हजार ८०९ जनाको नमुना परीक्षण गरिएको छ, भने ५८ हजार ५४६ जनाको आरडीटी परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा आशंकामा दुई हजार ७९९ वटा नमुना परीक्षण गरिएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

हालसम्म १ सय २१ जना कोरोना संक्रमित भएको र यी मध्ये ३३ जना निको भएका छन् । अब नेपालमा ८८ जना संक्रमित देशका विभिन्न अस्तपालमा उपचार भइरहेको छ।

नेपालमा ८९ जना पुरुष कोरोना संक्रमित भएका छन् भने महिला संक्रमितको संख्या ३२ छ। देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा १५३ जना रहेका छन्,

जसमा काठमाडौं उपत्यकामा १ जना र उपत्यका बाहिर १५२ जना रहेको उनले जानकारी दिए । सातै प्रदेशका क्वारेन्टाइनमा १२ हजार ७०१ जना रहेका मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here