थप १३ जनामा कोरोना संक्रमण, बर्दियामा पहिलो संक्रमित ११ बर्षीय बालिका

काठमाडौं, २९ बैशाख । नेपालमा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिका -८ र बुद्धभूमि नगरपालिका-७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष, रुपन्देहीको समरीमाई गाउँपालिका-७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका-६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र बर्दियाको राजापुर-५ कि ११ वर्षीय बालिकामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारले जानकारी दिए ।

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ।

जसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने तीनमा पुन:संक्रमण देखिएर अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here