एकैदिन ३९ जना थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६४ पुग्यो

काठमाडौं, ३० बैशाख । प्रदेश नम्बर २ को पर्सामा एकैदिन ३९ जना नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार ३९ जना थपिएसँगै संक्रमितको संख्या ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा ३, रौतहटमा ३, धनुषा र सन्तरीमा १–१ जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रदेश नम्बर २ को बारा, रौतहट र धनुषा र सप्तरीमा पनि कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेश नम्बर २ मा ३ जनामा कोरोना निको भएका छन् । पर्सामा ३ र रौतहटमा १ जना गरी निको भएका हुन् ।

यसअघि पर्साको छप्कैयाको स्थिति भेटिएका मध्ये १८ जना एकै परिवारका सदस्य भएको पाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here