भारतमा कोरोना संक्रमितको संख्या ७४ हजार नाघ्यो

काठमाडौं, ३१ बैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७४ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार मंगलबार ३ हजार ४७५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७४ हजार २४३ पुगेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १२१ जनाको मृत्यु भएको छ । ४७ हजार ७०८ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २४ हजार ४२० जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here