स्वास्थ्य मन्त्रालयले सच्यायो सूचना, संक्रमित दुई सय ४५ मात्र

काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको बताएको छ।

यसअघि आफूले प्रकाशित गरेको सूचनामा ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको भन्दै मन्त्रालयले सुधार गरेको छ।

यसअघि मन्त्रालयले जारी गरेको सूचना अनुसार संक्रमितको संख्या २५० पुगेको उल्लेख थियो। पछिल्लो सूचना अनुसार संक्रमितको संख्या २४५ मात्रै रहेको उल्लेख छ।

बिहीबार विहान जारी विज्ञप्तिमा मन्त्रालयले संक्रमित संख्या दुई सय ५० पुगेको उल्लेख गरेको थियो।