थप एक जनामा कोरोना संक्रमण, नवलपरासी पूर्वमा पनि भेटिए संक्रमित

काठमाडौं, १ जेठ । गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सूस्ता पूर्वमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भरतपुर कोभिड १९ अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ बस्ने ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here