कोरोना बीमा गर्नेको लहर, २ करोड ८७ लाख प्रिमियम संकलन

काठमाडौं, १ जेठ । बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले शुरु गरेका कोरोना भाइसर (कोभिड १९) बीमालेख बिक्री प्रभावकारी देखिएको छ ।

विश्वमा बढ्दो कोरोना भाइरसको संक्रमणसँगै कोरोना बीमालेख प्रति मानिसको आर्कषण देखिएको हो । बीमा समितिका अनुसार हालसम्म ५८ हजारभन्दा बढिले कोरोना बीमा गरेका छन्।

कोरोना बीमाबापत २ करोड ८७ लाख रुपैयाँ प्रिमियम रकम संकलन भएको बीमा समितिका प्रवक्ता निर्मल अधिकारीले क्लाउड पत्रिकालाई बताए ।

कोरोना बीमामा ५० हजार र १ लाख रुपैयाँ गरी दुुई किसिमको विशेष कोरोना बीमा पोलिसी रहेका छन्।

व्यक्तिगततर्फ १ लाख बीमांक रकमको १ हजार र ५० हजार बीमांकको ५०० रुपैयाँ प्रिमिमय तिर्नुुपर्ने समितिले जनाएको छ।

बीमा समितिले कोरोनाको बढ्दो जोखिमलाई मध्येनजर गर्दै यो पोलिसी ल्याएको थियो ।

समितिले कोरोना पाजेटिभ देखिन साथ भुक्तानी गर्ने गरी २ किसिमका पोलिसी ल्याएको छ । जसमा १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख छ।

समितिले जारी गरेको कोरोना भाईरस रोग बिमालेख ३ महिनाको बच्चादेखि ९९ बर्षको जेष्ठ नागरिकसम्मले खरिद गर्न सक्नेछन् ।

बिमित व्यक्ति कोरोना भाईरसबाट संक्रमित भई त्यसको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा सार्वजनिक निकायले निर्धारण गरे अनुसारका पिसिआर परीक्षणबाट कोरोना भाईरस संक्रमित भएको पुष्टी हुनुपर्नेछ ।

उक्त बीमा अन्तर्गत ‘क’ र ‘ख’ बीमाङ्क कायम गरिएको छ । एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको दुई बीमालेख तयार जारी गरेका हुन् ।

बिमितहरुले ५० हजार र १ लाख रुपैयाँसम्मको बिमालेख खरिद गर्न सक्नेछन् ।

१ लाख रुपैयाँसम्मको बीमालेख अन्र्तगत कम्पनीहरुले बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र परिवारको गर्दा प्रति व्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ ।

त्यस्तै, ५० हजार रुपैयाँ बिमांक रकम बराबरको बिमा गर्दा प्रति व्यक्ति ५ सय र परिवारको गर्दा ३ सय रुपैयाँ बीमाशुल्क कायम गर्नुपर्नेछ । तर, बिमा भएको १५ दिन पछि मात्रै दाबी गर्न सकिनेछ ।

कसरी पाइन्छ भुक्तानी ?

बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।

यसरी बीमा पोलेसी किनेका मानिसको कोरोना भाइरस संक्रमण पुष्टी भएको खण्डमा बीमा कम्पनीले १ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने छ ।

त्यसको लागि कुनै किसिमको भौचर वा बिलको आवश्यकता पर्ने छैन । बीमितको कोरोना पोजेटिभ भएको प्रमाणित भएको कागज भए दाबी भुक्तानी हुने छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here